नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्स कृष्णनगरमा संचालन


अजय मिश्र
कृष्णनगर, बैशाख २ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटर प्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रमबिच उद्धघाटन गरि संचालनमा ल्याएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खाले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको उद्घाटन गरेका हन् ।
विशिष्ट अतिथिमा पश्चिम नेपाल बस व्यवसायी संघ कृष्णनगरका इन्चार्ज आन्नद भण्डारी, सह इन्चार्ज निर्मल पराजुलि, राप्ती सार्वजनिक यातायात इन्चार्ज शाहिद खान, अतिथिमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेय, बि. ओ. पि. कृष्णनगरका प्रतिनिधि लगायत अन्य रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको सफलताको शुभकामना दिदै आफूले व्यवसायीहरूको सधै सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग रहने बताए । कार्यक्रममा होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले कोभिडले गर्दा अक्रांत भएका होटल व्यवसायी तथा टूर एण्ड ट्राभल्सले होटल व्यवसायीसंग सहकार्य गरेर अगाडि बढे होटल र टूर एण्ड ट्राभल्स दुबैको व्यवसाय राम्रो फस्टाउने बताए ।
नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सका अध्यक्ष इन्द्र बहादुर खड्काले नेपालदेखि भारतको पानीपत, कर्नाल, पटियाला, चण्डीगढ़, लुधियाना, जलन्धर, अमृतसर, होसियार पुर, मनाली लगायतको ठाँउबाट नेपाल आउन हामीलाई सेवाको मौका दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, होटल व्यवसायी, शिक्षा प्रेमी, यातायात व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायत सयौंको उपस्थितिमा कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम संचालन भुमा घिमिरेले गर्नुभएको थियो ।





