मन्त्रिपरिषद बैठकका सात निर्णयहरु (सूचीसहित)

नवलपुर टुडे
२०७९ बैशाख २ | मध्यान्ह ०१:०१ बजे

काठमाडौं, बैशाख २ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब रु. १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी) बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ । यस्तै बैठकबाट राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ ।
बैठकले यी लगायत ७ वटा निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
हेर्नुहोस् सूची






