पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ बैशाख २ | मध्यान्ह ०१:०१ बजे

पाल्पा, बैशाख २ । पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको आफ्नै घरको पेटीमा लडेर मृत्यु भएको हो ।
अचानक लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।





