एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ बैशाख २ | बिहान ०८:०१ बजे

कैलाली । कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुर्घटनामा मोटरसाइकल पछाडि सवार जानकी गाउँपालिका – ३ का ५० वर्षीय छोटेलाल चौधरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका-४ मौरनीयामा भे१च २४०९ नम्बरको एम्बुलेन्स र से२प ३२८४ नम्बरको मोटरसाइल आपसमा ठोक्किएका थिए।
एम्बुलेन्स चालक बर्दीयाका अन्दाजी ३१ वर्षीय कालीमान चौधरी र मोटरसाइकल चालक जानकी-६ का ५० वर्षीय रामदयाल चौधरी इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेका बताइएको छ।





