चिनारी फूलवारी धाम, धार्मिक आस्थाको केन्द्र बन्दै


विनोद मण्डल
सिरहा, वैशाख १ । नेपाल सरकारले पर्यटन विकासको निम्ति लिएको नीति अनुरुप सिरहाको पर्यटकीय स्थलहरूमा हालसम्म कुनै किसिमको विकासको अनुहार धार्मिक सांस्कृतिक स्थलहरूको हेर्न पाएका छैनन् ।
सिरहाको लहान नगरपालिका भित्र रहेको मानिक दह, पकडीया गड, फूलवारी धाम लगायतको क्षेत्रको विकासलाई प्रथामिक दिन सकेनन । सलहेस फूलवारी भनेर चिनिने फूलवारी धामको प्राकृतिक सौन्दर्यको रूपमा रहेको त्यहाँस्थित प्राकृतिक जंगल एकातिर मासिँदै गएको छ भने अर्कोतिर मानिक दहको पानी सुकेको अवस्था रहेको छ । छिमेकी राष्ट्र भारतबाट आएका भक्तजनले मानिक दहको स्नानपछि फूलवारी धाम जाने प्रक्रिया यसपटक प्रभावित भएको छ ।
मानिक दहको पानी सुकेपछि विभिन्न मनोकामना बोकेर आएका भक्तजनले हिलो पानीमा नुहाउनु परेको अवस्थाको सिर्जना भएको छ । परापूर्व कालदेखि पानी कहिले नसुक्ने दहको पानी सुकेकोप्रति स्थानियले चिन्ता व्यक्त गरिएको छ ।
दिउँसो लाग्ने फूलवारी धामको बीचमा रहेको रुखको माथिल्लो भागमा रहेको एक बोटमा फूल फुल्ने गरेको पाइन्छ जसलाई हेर्नको लागि देशी विदेशी पर्यटकहरु वैशाख १ गते यस ठाउँमा आउने गर्दछ । दिउँसो फूल फुल्ने र रात परेपछि फूल हराऊने विश्वास रहेको यो फूल उक्त दिन मात्र फुल्ने जन विश्वास गरिन्छ तर उक्त फूल सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टीको विभिन्न ठाउँमा चैत वैशाखमा फुल्ने गरेको पाइन्छ ।
जे होस् धार्मिक सांस्कृतिक स्थलहरूको वास्तविक पहिचान गरेर समयमा यसको संरक्षण गर्न राज्य र स्थानीय निकायको दायित्व हो ।





