नागरिक सघर्ष समितिद्वारा नागरिकता बिहिनको आवाज उठाउदै नवलपरासीमा आन्दोलित


खुरसेद हजाम
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नागरिक बिहीन नेपाली नागरिक सघर्ष समितिद्वारा शान्तिपूर्ण आन्दोलन गरेका छन । नागरिकता बिहिन भएर बिचलित परेका नागरिकहरू सुस्ता र प्रतापपुर लगायतका नागरिकहरुले परासीको बुद्धचोकमा पुगेर आन्दोलन गरेको हो ।
आमा नागरिक बूबा नागरिक हामी चाही कहाँ को नागरिक ? हामी नेपाली नागरिक, आमाबूबाको सन्तान हौं । हामी चाँहि कहिले सम्म अनागरिक सरकार ? असल नागरिकको पहिचान गर । संविधान संशोधन गर । भने मूल नाराका साथ आन्दोलनमा उत्रेका हुन
उक्त आन्दोलनमा आफ्नो अधिकारका लागि सुस्ता प्रतापपुर लगायतका नागरिक सहभागी रहेको थियो ।नागरिकता बिहीन नेपाली नागरिक समय समयमा पटक पटक आन्दोल गर्दै आएको छ ।नागिरकता बिहीन नेपाली नागरिक सघर्ष समितिले स्थानीय तथा केन्द्र तहमा ज्ञापान पत्र भुझाउदै आएको छ तर, राज्यले खाली आश्वासनमा मात्र सिमित रहेको नेपाली नागरिक संघर्ष समितिका संयोजक कासिम अन्सारीले बताए ।
नेपाली नागरिक भएरपनि राज्यले नेपाली नागरिक्ता नदिदा, पढाइ, नोकरी र लोकसेवा आयोग जस्ता अवसरबाट बंचित र समाजबाट अपहेलित हुन परेको जस्ता कैयौं पिडा राज्यबाट दिएको बताए ।





