समाज

    हुप्सेकोटका बाढीपिडितहरुलाई टेन्टबाट अस्थाई टहरमा सारिदै

    नवलपुर टुडे
    २०७९ बैशाख १ | बिहान ०८:०१ बजे

      कावासोती । गएको सावन १ गते बाढीपहिरोका कारण बिस्थापीत भई स्थानन्तरण भएर टेन्टमा आश्रय लिदै आइरहेका बाढीपीडीतहरु‌लाई आज गा. पा.ले गा.पा. द्वारा निर्मित जुगेपानीको जंगल साइड्को अस्थाई टहरमा सारिएको छ। ब्लकको गारो र जस्ताको छानोबाट निर्मित १८ कोठे टहरो मध्यबाट पिडीत १८ घर प्रत्येकलाई एक – एक कोठा दिएको छ।

      एक जना पिडितले भने, हामीलाई टेन्टबाट अस्थाई‌ टहरमा त सारियो। बर्खको समयमा हामीले टेन्टमा भन्दा यो टहरमा‌ अलि बढी सुरछित त मानेका छौँ। तर कोठा संगुरो भएको कारण‌ परिवार संख्या धेरै जना‌ हुनेहरुलाई भने यो टहरमा बस्नलाई त्यति सहज छैन। त्यसैमा‌ खाने पानी‌को ब्यवस्था पनि प्रयाप्त मात्रमा छैन। गरि खानलाई पिडीतहरुका नाममा एक टुक्रा जग्गा पनि छैन । न त रोजगारको ब्यवस्था‌‌ छ। दैनिकी बिहान् बुलेकीको छाक तार्नलाई पनि धौधौ भइसकेको छ। त्यस कारण पिडीतहरुले यो टहरोमा निकै ठुलो कठिनाई भोग्नु परिरहेको छ।

      हामीलाई हामीले यो अस्थाई टहर‌ भित्र गुजार्नु परेको भन्दा बढी चिन्त‌‌ अहिल्यैसम्म सरकारले हाम्रो लागी स्थायी बसोवासको ब्यवस्था गर्न नसकेको कुरामा बढी चिन्त छ। बिभिन्न दलहरुले यो चुनाबको समयमा भोट माग्नलाई पिडीतहरुलाई बिभिन्न खालका अश्वासन त दिन आएको छ। तर‌ यो भन्दा अगाडी सम्बन्धित निकायले दिएको आस्वाशन पनि खोक्रो अश्वासन मात्र भएको कारण हामीलाई कसैको आश्वासन माथी बिश्वास लागेको छैन। अहिल्यै त झन‌ भुमी मन्त्रलयबाट खतिएका भुगर्वबितहरुले पनि छोडेर आएको बस्तीमा फेरी फर्केर गएर बस्नलाई ठिक छैन। खतर पुर्ण छ। भनेर प्रमाणित समेत गरिसकेको कारण हामी कुनै पनि हालतमा फेरी फर्केर त्यहाँ गएर बस्न सक्दैनौ। पिडीत ले बताए।

      अहिले‌ कता – कता‌ हामीले सुनेका‌ छौ। पिडितहरुलाई ब्यावसय मुलक तालिम दिनको लागी स्थानीय सरकार र प्रदेश सरकार मिलेर केही बजेत बिनियोजन गर्ने निर्णय भएको छ रे, तर‌ त्यो कुरा हामीलाई कति पनि स्वुईकारे छैनौ। किन भने तालिम मात्र लिएर के गर्नु ? नेपालमा‌ आफ्नो‌ सिप र दछेत अनुसरको रोजगारीको ब्यवस्था‌ नै छैन। बरु हामीलाई स्थानीय सरकार, प्रदरश सरकार र‌ केन्द्रीय सरकार मिलेर जग्ग किन्नको लागी प्रायप्त मात्रमा बजेत बिनियोजन गरियोस। त्यसमा‌ हामी आभारी हुने थियौ। पिडीतले बताए।

        कमेन्टहरु