सखुवानानकारकट्टीमा मानव अधिकार सम्बन्धि अन्तरक्रिया

नवलपुर टुडे
२०७९ बैशाख १ | बिहान ०८:०१ बजे

महेश सिंह
सिरहा, बैशाख १ । सिरहाको सखुवानान्कारकट्टीमा मानव अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने गरेको मानवअधिकार हननका कुराहरुलाई अधिकारको प्रत्याभूती गराउन कार्यक्रमको आयोजना गरेको थियोे।
इन्सेक मधेस प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा राजु पासमान, मोहन पासमान, सिरहा इन्सेक प्रतिनिधि दुर्गा परियारले कानुन न्याय र मानव अधिकारका कुराहरुमा जोड दिएका थिए । कार्यक्रममा पालिका अध्यक्ष केदार यादवको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा पालिकाका सयौं अधिकारबाट बन्चित ब्यक्तीहरुको सहभागिता रहेको थियो।
पालिकामा कार्यरत रहेका विभिन्न योजना सखा प्रमुखहरुको सहभागीता रहेका थिए। प्रमुख अतिथि यादवका अनुसार पालिका भित्रमा रहेको गरिब दलित ब्यक्तीहरुको लागी सुरु देखि नै लडाइँ लडिरहेको बताए।





