नगर प्रमुख शाहद्वारा नयाँ बर्ष २०७९ को शुभकामना

नवलपुर टुडे
२०७८ चैत्र ३० | मध्यान्ह ०९:१२ बजे

कपिलवस्तु, चैत ३० । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नयाँ बर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण नगरवासी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्टमित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
नगर प्रमुख शाहले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा नयाँ बर्षको हार्दिक सुभकामना व्यक्त गरेका हुन् ।
नेपालको नयाँ बर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन् ।





