पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ४९ जना संक्रमणमुक्त

नवलपुर टुडे
२०७८ चैत्र ३० | मध्यान्ह ०४:१२ बजे

काठमाडौं, चैत ३० । पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा कसैको पनि मृत्यु भएको छैन ।
यस्तै पछिल्लो २४ घण्टामा ४९ जना संक्रमित निको भएका छन् भने हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् ।





