समाचार

    रामग्राम – ४ का वडाअध्यक्ष मदन यादवद्वारा नयाँ बर्षको शुभकामना व्यक्त

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | मध्यान्ह ०३:१२ बजे

      रामजी प्रजापति
      नवलपरासी, ३० चैत्र । नवलपरासी जिल्लाको रामग्राम – ४ का वडाअध्यक्ष मदन यादवद्वारा नयाँ बर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण नगरवासी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।

      बिगत दिनमा वडा – ४ मा बिजयी भई पाच बर्षको कार्यकालमा बसपार्क, स्वास्थ्यचौकी, ढलनिकास, पोल पोलमा बत्ती लगायत अन्य कामहरु गरिएको र बाँकी रहेको कामहरु पुन: जितेपछि गर्ने बाचाका साथ नयाँ बर्षको शुभकामना पनि ब्यक्त गर्नुभएको हो ।

      यादवले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभ चिन्तकहरूमा नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको छ ।

      नेपालको नयाँ बर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन् । साथै वडा नं. ४ जसपा नेपालबाट पुन: वडाअध्यक्षमा जनताले जिताउने आशा ब्यक्त गतेका छन ।

        कमेन्टहरु