मुख्य समाचार

    मन्त्री आलेले गरे हिमाल आरोही लामालाई बिदाइ

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | मध्यान्ह ०२:१२ बजे

      काठमाडौं, चैत ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् ।

      मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिए ।

      विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गरेकी लामाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन् । ती चार हिमालको आरोहण गरिसकेको उनले जानकारी दिइन् । उनले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । रासस

        कमेन्टहरु