समाचार

    यातायात व्यवसायी महासंघको अध्यक्षमा स्वाँर निर्विरोध निर्वाचित

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | मध्यान्ह ०१:१२ बजे

      काठमाडौं, चैत ३० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय बहादुर स्वाँर निर्विरोध निर्वाचित भएका छन् । यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

      यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमारी शाही र हरिशरण केसी निर्वाचित भएका छन् । महासंघको तीन वर्षे कार्यकालका लागि ७६ जनाको कार्यसमिति समेत महाधिवेशनबाट निर्वाचित भएका छन् ।

      यसैगरी, महासंघको महासचिवमा डेकनाथ गौतम, उप–महासचिवमा पुरुषोत्तम सिंखडा, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा अर्जुन गौतम, वर्गीय संयोजकहरू प्रकाश तिवारी, रामप्रसाद घिमिरे, रामसुन्दर परियार रहेका छन् ।

      यस्तै प्रदेश संयोजकमा केदार पौडेल, केन्द्रीय सदस्यहरूमा खड्गबहादुर विश्वकर्मा, दिलबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

        कमेन्टहरु