मुख्य समाचार

    कंगोमा विद्रोहीको गोली लागेर मृत्यु भएका सैनिकलाई अन्तिम सम्मान

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | मध्यान्ह ०१:१२ बजे

      काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट अफ्रिकी राष्ट्र कंगोमा खटिएका बेला विद्रोही समूहले चलाएको गोली लागेर मृत्यु भएका सिपाहीको शव नेपाल ल्याइएको छ ।

      मिसनमा वीरगति प्राप्त गरेका सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ जहरेका अनिल गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो । उनको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पणसमेत गरेका छन् ।

      छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले सम्मान स्वरुप सैनिक गुरुङको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाएका छन् ।

      कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्‍जली अर्पण गरे भने संयुक्त राष्ट्रसंघको तर्फबाट रिचर्ड हवार्डले पार्थिव शरीरमा यूएनको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

        कमेन्टहरु