मुख्य समाचार

    माओवादीले हटायो चुनावी पोष्टरबाट कुलमानको तस्बिर

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | मध्यान्ह १२:१२ बजे

      काठमाडौं, चैत ३० । नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रचार सामग्रीबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ ।

      अध्यक्ष प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमा राखिएको पोष्टर कुलमानको असहमतिपछि सम्पादन गरिएको हो । अराजनीतिक व्यक्तिको तस्बिर दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । कुलमानले पनि आफ्नो तस्बिर हटाउन माओवादीलाई आग्रह गरेका थिए ।

      त्यसलगत्तै प्रचण्डको पेजमा राखिएको उक्त पोष्टलाई इडिट गरेर नयाँ राखिएको छ । नयाँ पोष्टरमा प्रचण्डको मात्रै तस्बिर छ । अर्थमन्त्री जनार्दन शर्माको तस्बिर पनि हटाइएको छ ।

        कमेन्टहरु