सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गर्ने सरकारको निर्णय


काठमाडौं, चैत ३० । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडी थिए । उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ सम्म सशस्त्रको आईजीपी रहने छन् ।त्यसपछि ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउने छन् ।
केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए । शैलेन्द्र खनालले चार वर्षे पदावधिका कारण चैत २९ बाट अवकाश पाएका छन् । खनालको अवकाशसँगै उनकै ब्याचका केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी थिए ।





