राजनीति

    कृष्णनगर एमाले वडा नं १ को अध्यक्षमा मनोज जयसवालको नाम सर्वसम्मत सिफारिश

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | बिहान ११:१२ बजे

      कृष्णनगर, चैत्र ३० । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ बाट वडाध्यक्षमा मनोज कुमार जयसवालको नाम निर्विरोध सिफारिश गरिएको नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यले जानकारी दिएको छ l

      जयसवाल नेकपा एमाले पार्टीले गर्दै आएको सम्पूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएका थिए । उनी नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ का कार्य कमिटी अध्यक्षसमेत रहेका थिए ।

      आउने चुनावमा वडाध्यक्षमा उम्मेदवारी दिने र आफू सधै जनताको हितमा काम गर्ने जयसवालले बताए ।

        कमेन्टहरु