देश

    खोटाङमा छात्रालाई यौन दुर्व्यहार गरेकाे आरोपमा प्रिन्सिपल पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | बिहान ०८:१२ बजे

      खोटाङ, चैत ३० । खोटाङमा छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ परेका छन् । खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयमा अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोपमा शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्यलाई पक्राउ गरेको हो ।

      आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ शिक्षालयमै गएर मोसो दलेर जुत्ताको माला लगाइदिएका थिए । घट्ना लगत्तै प्रहरी चौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

      शिक्षालयमा अध्ययनरत छात्रालाई पटक-पटक यौनजन्य दुर्व्यहार गर्दै आएको र मंगलबार पनि दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्ववियुले जनाएको छ ।

        कमेन्टहरु