देश

    भारतमा आगलागी हुँदा अर्घाखाँचीका एक बालकको जलेर मृत्यु

    नवलपुर टुडे
    २०७८ चैत्र ३० | बिहान ०७:१२ बजे

      बुटवल, चैत ३० । भारतको हरियाणा हिसारमा आगलागी हुँदा अर्घाखाँचीका १४ वर्षीय बालकको ज्यान गएको छ ।

      हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ साजवोटका १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो । मुखियासहित १० जना नेपाली मजदुरहरुले काम गर्दै आएको चाट भण्डारमा विद्युत सर्ट भइ आगलागी थियो ।

      उनी करिब दुई महिनादेखि उक्त पसलमा काम गर्दै आएका थिए । सोही घटनामा अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् । आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखिया बाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको हो ।

      मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भातरमा नै मजदुरी गर्छन् ।

        कमेन्टहरु