जुम्लामा भ्यान दुर्घटना हुँदा १२ जना घाइते, चार जनाको अवस्था गम्भीर

नवलपुर टुडे
२०७८ चैत्र ३० | बिहान ०६:१२ बजे

जुम्ला, चैत ३० । जुम्लाको तातोपानीमा भ्यान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जुम्ला सदरमुकाम खलंगाबाट कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको भ्यान मंगलबार साँझ तातोपानी गाउँपालिका–२ बाबिरामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक पनि दुर्घटनामा घाइते भएका छन् ।





