माग पूरा नभएमा अनेरास्ववियुका विद्यार्थी आन्दोलनमा उत्रिने : अध्यक्ष यादव


महेश यादव
नवलपरासी, २९ चैत । अनेरास्ववियु सरावल गाउँ कमिटीद्धारा चार बुदें माग सहित सरावल गाउँपालिकामा ज्ञापनपत्र बुझाइएकाे छ ।
नेपाल सरकारले कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्न भने तापनि सरावल गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुसंग चर्को शुल्क लिई शिक्षा प्रदान गरिरहेकाे र केही शिक्षकहरुले विद्यालयमा सुर्ती, भाेला र चुराेट खाएर विद्यार्थीहरुकाे भविष्य माथि खेलवाड गरेकाे तथा पेट्रोलियम पदार्थकाे मुल्य वृद्धि र बढ्दै गरेको महंगी, भ्रष्टाचार, अनियमितता र बालश्रम विरुद्ध अनेरास्ववियु सरावल गाउँ कमिटीले गम्भीर ध्यानाकर्षण गरेको छ ।
पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता, महंगी, भ्रष्टाचार र अनियमितता न्युनीकरण गर्न तथा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्न र बालश्रम न्यूनीकरण लगायतकाे चार बुदें माग सहित अनेरास्ववियु सरावल गाउँ कमिटीद्धारा ज्ञापनपत्र बुझाईएको हो ।
सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीलाई ज्ञापनपत्र बुझाउदै कमिटीका अध्यक्ष महेश यादवले मागहरु पूरा नभएमा अनेरास्ववियु सरावल गाउँ कमिटीले आन्दोलन समेत गर्ने जानकारी दिए ।






