देश

    निर्वाचन आचारसंहिता पालना गर्न प्रधानमन्त्री देउवाद्वारा आग्रह

    नवलपुर टुडे
    २०७८ चैत्र २९ | मध्यान्ह ०१:१२ बजे

      काठमाडौं, चैत २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनामा ध्यान दिन आग्रह गरेका छन् । मंगलबार शहरी विकास मन्त्रालयले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरेका हुन् ।

      आगामी दिनमा सरकारी कार्यक्रमहरु आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने उनको भनाई छ । त्यस्तै प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी बर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने बताए ।

      शहरीकरणमा देखिएमा समस्या तथा चूनौतिहरुलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी बिकास र शहरी प्रणालीको बिकास गर्नुपर्ने उनले बताए। उनले काठमाडौं उपत्यकामा देखिएका फोहर व्यवस्थापनको समस्या समाधानका लागि फोहरबाट ऊर्जा उत्सर्जनमा मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गरे ।

        कमेन्टहरु