फिलिपिन्समा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

नवलपुर टुडे
२०७८ चैत्र २९ | बिहान ११:१२ बजे

काठमाडौं, चैत २९ । फिलिपिन्समा उष्णीय (उष्णकटी बनधीय) आँधीका कारण आएको बाढीपहिरोमा परी कम्तीमा २५ जनाको ज्यान गएको छ ।
बीबीसीका अनुसार आज उद्धार टोलीले दक्षिणी तटमा फसेका मानिसलाई उद्धार गर्ने प्रयास गरिरहेका छन् । पूर्वीतटमा आँधी आएपछि १३ हजारभन्दा बढी मानिस उच्च स्थानमा भएका आश्रयस्थलतर्फ गएका छन् ।
भारी वर्षा र हावाहुरीले विद्युत् आपूर्ति अवरुद्ध भएको छ । बाढीपहिरोका कारण गाउँ हिलाम्मे भएका छन् । मध्य एवं दक्षिण फिलिपिन्समा आइतबार आएको ‘मेगी’ नामक आँधीको गति प्रतिघण्टा ६५ किलोमिटरसम्म थियो ।
फिलिपिन्समा यस्ता आँधी बर्सेनि औसतमा २० पटक चल्ने गर्छन् । बीबीसी र अलजजिराबाट ।





