मुख्य समाचार

    आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइँदै

    नवलपुर टुडे
    २०७८ चैत्र २९ | बिहान ०७:१२ बजे

      काठमाडौं, चैत २९ । मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आज पानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ। समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए।

      केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन लागिएको हो। आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो। इन्जिनियर कुँवरका अनुसार काठमाडौंमा पानी आउन अझै दुई साताजति लाग्नेछ।

      गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।

        कमेन्टहरु