मुख्य समाचार

    महेसपुर भन्सार कार्यालय सहयाेगीको लुटपाट धन्दा

    नवलपुर टुडे
    २०७८ चैत्र २९ | बिहान ०७:१२ बजे

      रामजी प्रजापति
      नवलपरासी । पश्चिम नवलपरासीमा मुलभन्सारकाे रुपमा रहेकाे महेसपुर भन्सार कार्यालयका प्रमुखदेखि कार्यालय सहयाेगीसम्म सबै कर्मचारीहरु तस्करसंग मिली असुली धन्दा गरिरहेकाे उक्त भन्सारमा कार्यरत सहयोगीको रुपमा रहेका खोपलाल पोख्रेल सुराखीले एक ब्यापारी बनेर सोध्दा कुरा बाहिर निस्केको छ।

      photo 2022 04 12 07 06 11

      नेपाल र भारतको सिमानामा पर्ने नवलपरासीको महेसपुुर भन्सार कार्लयमा सहयोगीको रुपमा रहेका अर्घाखाँची निवासी खोपलाल पाण्डे महेसपुर भन्सारमा कार्यरत रहेका छन । जुन कि दिनहु छिमेकी भारतमा सस्तो दरले खाद्यन्न सरसामानहरु पाईएको हुनाले हजारौ नेपालीहरु छिमेकी राष्ट्र भारतबाट जिबिकोपार्जन गर्ने सरसामानहरु किन्न जाने गर्छन र कार्यालय सहयोगीले मान्छे हेरि हेरि सामान अनुसार असुली धन्दा गरेको पाईएको छ ।

      photo 2022 04 12 07 06 13

      भन्सार अगाडिबाट ल्याएका सामानहरु खुल्ला रुपमा चेक जाँच गराएर लैजाने उदेश्यले लैजाने मानिसहरु भन्सार अगाडि आयपछि यो सामान लिलाम गर्छ, भनी त्रास देखाएर ५० रुपियाँदेखि २०० सम्म असुल्ने गरेको स्थानीयहरुले बताउने गरेका छन ।

        कमेन्टहरु