भ्रष्टाचार

    भ्रष्टाचारमा गन्हाईसकेका अधिकृत प्राणमाथि कसले कारवाही गर्ने ?

    नवलपुर टुडे
    २०७८ चैत्र २९ | बिहान ०७:१२ बजे

      रंजित चौरसिया
      वीरगंज । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका जिराभवानी गाउँपालिकाको कार्यकारी अधिकृत प्राण मेहतालाई कसले कारवाही गर्ने ? स्थानिय वासिन्दा प्रश्न गरिरहेका छन् । जिराभवानी गाउँपालिकामा गएदेखि हालसम्म भ्रष्टाचारको जालो बुन्दै करोडौ करोड कमाएका अधिकृत मेहताले कमिशन बिना कुनै पनि फाईल अगाडि नबढाउने गरेको त्यही कार्यरत्त कर्मचारीहरु बताउन थालेका छन् ।

      अधिकृत मेहताले केही समय पहिला जिल्ला प्रशासन कार्यालय पर्सामा प्रशासकिय अधिकृतको रुपमा काम गरिसकेको हुनाले मेरो चिनजान अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म रहेको भन्दै निर्धक्क साथ अरु कर्मचारीलाई समेटेर भ्रष्टाचार गर्ने गरेको र मलाई कसैले केही गर्न नसक्ने चिया पसलमा धाक लगाउने गरेको उनकै नजिक बस्ने एक जनाले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

      उनका अनुसार अधिकृत मेहताले करोडौ करोड कमाईसके पछि भ्रष्टाचारको आम्दनीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयसम्म भागबण्डा लगाई दिने गरेको हुनाले आफुलाई कही कतैबाट बाधा अवरोध नआउने दाबी गर्दै आएका छन् । अधिकृत मेहताले भ्रष्टाचार गरेका कारण स्थानिय वासिन्दाबाट अवरोध हुन सक्ने भन्दै कार्यालयमा डरले अनुपस्थित रहने गरेकोले अन्य सेवाग्राहीहरु मर्कामा पर्न थालेका छन् ।

      सो गाउँपालिकामा सामाजिक विकासको कार्यमा ३० प्रतिशत र निर्माण सामग्रीको कार्यमा २० प्रतिशत अनिवार्य कमिशन लिने गरेका भ्रष्टाचारी अधिकृत मेहताले करारमा राखिएका कर्मचारीहरु संग पनि कमिशन नलिईकन तलब नखुवाउने गरेको कार्यालय स्रोतले जनाएको छ ।

      कमिशनको दलदलमा फसेका जिराभवानी गाउँपालिकाले अधिकृत मेहताको भ्रष्टाचारका कारण कैयौं कर्मचारीहरु असन्तुष्ट रहेको बताईन्छ । सो गाउँपालिकामा कार्यरत एक कर्मचारीले अधिकृत मेहताको जागिर सुरुवात भएको सालको सम्पत्ति विवरण र हालसम्म फेटा गाउँपालिका लगायत अन्य गाउँपालिकामा रही करोडौ करोड भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरिसकेको सन्दर्भमा छानबिन सुरु भए मेहतालाई हतकडी लाग्ने निश्चित रहेको जिकिर गरे ।

      अधिकृत मेहतामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायत अन्य नियमनकारी निकायले कारवाहीको प्रक्रिया अगाडि नबढाउदा स्थानिय वासिन्दा आश्चर्यमा परेका छन् ।

        कमेन्टहरु