लुम्बिनी प्रदेश, विचार/ब्लग, समाज

    पाल्हिनन्दनको बिकास, पल्हीभगवती मन्दिर वरिपरिको अवस्था(तस्बिरसहित)

    नवलपुर टुडे
    २०७८ चैत्र २८ | मध्यान्ह ०९:१२ बजे

      नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाऊँपालिका वडा -४ मा रहेको अति पुरानो ऐतिहासिक पल्हीभगवती मन्दिरमा दिनहुँ हजारौं दर्शननार्थीहरूको लागि आस्थाको केन्द्र बनेको छ । यो मन्दिर आफैमा एउटा इतिहास बोकेको र यहाँ एकचोटी दर्शन गर्दैमा मनोकामना पुरा हुने यहाँ आउने दर्शननार्थीहरूको भनाई छ।

      तर, यो मन्दिरलाइ जोड्ने एक मात्र मुल बाटो अति जीर्ण अवस्थामा छ । यो बाटो भारतको बर्गदवा र रामग्राममा रहेको रामग्राम बुद्ध स्तूपालाई पनि जोडेको छ । यो बाटो ब्यवसाहिक र पर्यटकको दृष्टिले अतिनै महत्वपूर्ण भुमिका खेलेको छ । दिनहुँ यो बाटोमा हजारौं मान्छेहरूको ओहोरदोहोर रहेकोले बाटोमा ठूलठूला रहेको खाल्डोले गर्दा गाडी जाममा पर्नु र बेला बेला दुर्घटनाले गर्दा स्थानिय बासीहरूलाई समस्या छ ।

      कति ठाउँमा ढलको निकाश राम्रो संग नभएकोले ढलको पानी बाटोमै आउदा पटक पटक दुर्घटना हुने गरेको छ ।पालिकामा पटक पटक यसको जानकारी गराउदा पनि जनप्रतिनिधिहरूले वास्ता नगरेको यहाँका बासिन्दाहरूको गुनासो छ । यतिमात्र नभएर यसबाट निस्किने धुलोले गर्दा मान्छेमा स्वासप्रस्वासमा पनि समस्या आएको देखिएको छ । मन्दिरको वरिपरी जथाभावी गाडी पार्किंङ गर्दा पटकपटक गाडी चोरी भएकोले मन्दिर व्यस्थापन समितीले पनि मन्दिरमा भएको पार्किंङ स्थलमा पार्किंङ गर्ने ब्यवस्था र कडाई गर्नु पर्ने देखिएको छ ।

      पाल्हिभगवति मन्दिर एउटा धार्मिक स्थल र आस्थाको केन्द्र मात्र नभएर पर्यटकिय स्थल पनि भएकोले यस खालको लापरवाही प्रति कडा एक्शन लिने नवलपरासी युवा समाजको अध्यक्ष र बरिष्ठ उपाध्यक्ष धर्मेन्द्र गिरी र नरेन्द्र मिश्र ज्युले एउटा अन्तरवार्तामा बताउनु भएको थियो । पालिकाले एउटा दिशाबोर्डसम्म राख्न नसकेको जसले गर्दा नयाँ यात्रीहरूलाई ठाउँ पत्तालाउन गाह्रो भएको स्थानीयले बताउछन । जसले गर्दा नवलपरासी युवा समाजको तर्फबाट दिशा बोर्ड राखिएको छ । अहिले यात्रुहरूलाई धेरै सजिलो भएको छ त्यहाँका बासिन्दाहरू खुशीको अनुभुती व्यक्त गर्दछन ।

      पालिकाको लापरवाही र जनताले पाएको दुखको लडाइँ कहिले सम्म ? यसको समाधान छिटो भन्दा छिटो निकालियोस् । लेखक : नरेन्द्र मिश्र

      photo 2022 04 11 21 44 07photo 2022 04 11 21 44 14photo 2022 04 11 21 44 22photo 2022 04 11 21 44 30

        कमेन्टहरु