मुख्य समाचार

    कृष्णनगर देखि १३ वर्षीय बालक बेपत्ता

    नवलपुर टुडे
    २०७८ चैत्र २८ | मध्यान्ह ०८:१२ बजे

      अजय मिश्र
      कृष्णनगर, चैत्र २८ । अर्घाखाँचीको भुमिकास्थान गाउँपालिका घर भइ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ पुरानो बसपार्कमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराईको १३ वर्षीय छोरा विपिन भट्टराई कृष्णनगर बजार देखि हिजो साझ ७ बजेबाट सम्पर्क बिहिन बनेको पारिवारिक स्रोतले जनाएको छ ।

      चैत्र २७ गते साझ कृष्णनगर बजार देखि हराएका विपिन भट्टराई लगभग ४.५ फिट हाइट, गोरो रंगको, कालो टिसर्ट हाफ पाइन्ट र कालो चप्पल लगाएका थिए । उनी चन्द्रौटाको फफुरी इंग्लिश बोर्डिंग स्कूलमा कक्षा ७ मा अध्ययन गरेका थिए । इलाका प्रहरी कार्यालय कृष्णनगरमा बालक हराएको उजुरी आएपछि खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिए ।

      बालकलाई खोजतलास गर्न सबैमा पारिवारिक श्रोतले अपिल गरेको छ । बालक फेला पार्ने महानुभावहरू निम्न मोबाइल नम्बर ९८४९११४४५३, ९८५७०५५३६० मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

        कमेन्टहरु