देश

    एसपी कण्डेलकाे कडा एक्सनमा २ जना लागुऔषध सहित पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र २८ | मध्यान्ह ०७:१२ बजे

      नन्दु यादव
      नवलपरासी, चैत २८ । पश्चिम नवलपरासीमा अहिले प्रहरी निकै कडाईका साथ कामकाज गर्न लागिपरेकाे छ। केही दिन अगाडि जिल्ला प्रहरी पश्चिम नवलपरासीकाे प्रमुखकाे रुपमा सरुवा भई आउनु भएका एसपी ऋषिराम कण्डेलले कडा रुपमा लागि पर्नु भएकाे हाे ।

      आमनागरिककाे सुरक्षामा प्रहरी कुनैपनि किसिमकाे सम्झाैता नगर्ने वहाँले बताउनु भएकाे छ । आमनागरिककाे सुरक्षा हाम्राे जिम्मेवारी हाे वहाँले भन्नू भयाे। यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली स्थितमा शंकास्पद रुपमा हिडिरहेका रामग्राम नगरपालिका वडा नं.६ पोखरापाली बस्ने बर्ष ३८ को रबिन्द्र बनियाँलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथमा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २/२ एम.एल.को नुफिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र डाईजापाम ३९ एम्पुल गरी जम्मा ११७ एम्पुल लागुऔषध फेला पारेकोले तत्काल निजलाई फेला परेको लागुऔषध सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी का सुचना अधिकारी प्रेम बहादुर शाहिले जानकारी दिनु भयाे ।

      प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थान बस्ने बर्ष ४२ को ईन्द्रकमल केवट समेत लागुऔषध कारोवारमा संलग्न रहेको बुझिएकोले तत्काल निज ईद्रकमल केवटको घर खानतलासी गर्दा निजको कोठामा खैरो हिरोईन ४.५०० ग्राम, स्पास्मो ( spm-prx+ लेखेको) ५७२ क्याप्सुल र १०० एम.एल.को ६ बोतल REXTAS लेखेको लागुऔषध फेला परेकोले फेला परेको लागुऔषध सहित निज ईन्द्र कमल केवट समेतलाई तत्काल नियन्त्रणमा लिईएको र निजहरु दुबै जना बिरुद्ध आज लागुऔषध मुद्धामा मुद्धा दर्ता गरी लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भैरहेको सुचना अधिकारी शाहिले जानकारी दिनु भयाे ।

        कमेन्टहरु