नवलपरासी युवा समाजद्वारा रोजगारीको माग राख्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र


रामजी प्रजापति
नवलपरासी, २८ चैत । बेरोजगारीलाई मध्यनजर राख्दै नवलपरासी युवा समाजले जिल्ला प्रशासन कार्यलयको सहायक सिडियो रामचन्द्र अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।
पश्चिम नवलपरासीकाे अधिकांश युवाहरु बेरोजगार रहेका छन । युवाहरुकाे समस्या समाधान र राेजगारीकाे सिर्जना स्वदेशमा नै गर्ने उदेश्यले युवाहरु एक जुट भई नवलपरासी युवा समाजद्वारा राेजगारीको माग राख्दै औद्योगिक ऐन २०७६ को धारा ४९ काे बुंदा अनुसार औद्योगिक जनशक्ति परिपुर्तिका लागि नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएअनुसार नवलपरासी पश्चिम जिल्ला भित्र विभिन्न औद्योगिक कलकारखानाहरुमा नेपाली नागरिक नभएको भन्दै नेपालमा भएको ती बेरोजगार नेपाली युवाहरुलाई औद्योगिक कलकारखानाहरुमा आवश्यक योग्यता अनुसार राेजगारी सिर्जना गर्नुपर्ने उदेश्यका साथ नवलपरासी युवा समाजले माग राखेको अध्यक्ष धर्मेन्द्र गिरिले जानकारी दिनुभयो ।
नवलपरासी पश्चिम जिल्ला भित्र रहेका चालीस (४०) भन्दा बढी औद्योगिक कलकारखानाहरुमा छिमेकी देश भारतबाट कामदार बाेलाएर राेजगारी दिएको भन्दै ती कामदारहरुकाे सत्ता नवलपरासी युवा समाजले आफ्नै देशमा रहेका युवा युवतीहरुलाई रोजगारीको लागि उद्योग बाणिज्य संघ, समन्वय समिति तथा औद्योगिक कलकारखानाहरुको सहकार्यमा योग्यता अनुसारको जागिरको माग पनि राखेका छन ।
जिल्लामा विभिन्न उद्योग तथा कलकारखानाहरु कानुनी मापदण्ड पूरा नगरि छिमेकि राष्ट्र भारतबाट कामदारहरु ल्याएर विभिन्न फ्याक्ट्रिहरुमा काम गराईरहेको र आफ्नै जिल्ला, देशका पढे लेखेका शिक्षित युवा र युवती अन्योलमा परेर कोहि बिदेश, कोहि ईटा गार्हा, लागुअौषध त कोहि आफुले आर्जन गरेको शिक्षा बमोजिम काम नपाएर आत्महत्यासमेत गर्न बाध्य भयको उपाध्यक्ष नरेन्द्रले जानकारी दिनुभयो । युवाहरूको लागि बेरोजगारीको समस्या हटेन भने सम्बन्धित निकायहरुलाई ताला हान्ने चेतावनी समेत दिएका छन् ।
नवलपरासी युवा समाजका मागहरु
१- अौद्योगिक ऐन २०७६ को पालना होस्
२- कामदाता र रोजगारदाताबिच बिना दलालको सम्झौता होस
३- सम्बन्धित निकायले नया आउने कामदारहरुलाई निशुल्क तालिमको प्रवर्धन गर्नुपर्ने
जस्ता मागका साथ नवलपरासी युवा समाज लागिपरेको अध्यक्ष धर्मेन्द्र गिरिले जानकारी दिनु भएको छ ।






