गोली बोकेर जापान उड्न लागेकी एक महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

नवलपुर टुडे
२०७८ चैत्र २८ | मध्यान्ह ०२:१२ बजे

काठमाडौं । गोली बोकेर जापान उड्न लागेकी तनहुँकी एक महिला त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भानु नगरपालिका – ७ तनहुँकी २७ वर्षीया सोनिता नेपाली रहेको विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालले जानकारी दिएको छ ।
उनका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो।
उनलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिए ।





