देश

    किर्ते कागजात बनाउन सिपालु रहेका प्रशासकीय अधिकृतलाई कुनै हालतमा हाजिर गराउन नसक्ने अध्यक्ष सिंहको भनाई

    नवलपुर टुडे
    २०७८ चैत्र २७ | मध्यान्ह ०५:१२ बजे

      बारा, २७ चैत्र । किर्ते कागजात बनाई पटक पटक बिवादमा पर्दै आएका प्रशासकीय अधिकृत वकिल पाललाई देवताल गाउँपालिकामा हाजिर हुन नदिदा फेरी पनि विवाद सुरु भएको छ । केही महिना अगाडी बाराको फेटा गाउँपालिकामा हुदा विवादमा तानिएका पाल बारागढीमा सरुवा गराउन सफल भएका थिए । तर, बारागढी गाउँपालिकामा हाजिर हुन गएका पालको बिरुद्ध स्थानीय जनता उत्रिएपछि देवताल गाउँपालिकामा सरुवा गराउन सफल भएका थिए ।

      प्रशासकीय अधिकृत वकिल पाल बेला कुबेला बिवादमा पर्दै आएका व्यक्ति हुन । जसका कारण देवताल गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहले हाजिर नगराएपछि पाल सर्लाहीमा सरुवा गराएका थिए । तर, स्थानीय निर्वाचनको मिति नजिकोदै जादा विपक्षी दलका नेताहरुले पुन: विवाद सुचारु गराउन र राजनीतिको रोटी सेक्नको निम्ति देवताल गाउँपालिकामा हाजिर गराउन जोडतोडले लागेको स्थानीय युवा नेताहरुले नै चर्चा चलाउन थालेका छन ।

      वकिल पाल बारा जिल्लाकै बदनाम प्रशासकीय अधिकृतको रुपमा मानिने गरिन्छन । उहाँले किर्ते हस्ताक्षरको प्रयोग गर्नुको साथै आफ्नो हैकमवादी तरिकाले कमिशनको भाग बन्डा गर्ने जस्ता क्रियाकलाप गरेकै कारण देवताल गाउँपालिकाका अध्यक्षले हाजिर हुन नदिएको स्थानीय युवाहरुले बताएका छन । स्थानीय युवाहरुका अनुसार देवताल गाउँपालिकामा भएको बिकासको कार्य सराहनीय रहेको तर प्रशासकीय अधिकृत पाल जस्तालाई हाजिर गराउनसाथ विकास भन्दापनि कमिसन र किर्ते कागजहरुको बिगबिगी बढ्न सक्ने भन्दै हाजिर नगराइएको बताए ।

      यता देवताल गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहका अनुसार अधिकृत पाल मालपोत कार्यालय गौर रौतहटमा हुदा राइस मिलको जग्गा व्यक्तिको नाममा गर्दै बिबादमा परेको व्यक्ति रहेको बताए । त्यस्तै बाराको फेटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुदा बिरगंज स्थित आफ्नो निजि कोठामा फर्निचर सेट लगाई गाउँपालिकाबाट भुक्तानी दिन लेखापाललाई दबाव दिदा लखेटिएको समेत जिकिर गरे । सतर्कता केन्द्रमा केहि दिन जगेडाको रुपमा समय बिताई फेरी बाराको बाराको बारागढी गाउँपालिकामा बिवादमा परी हाजिर हुन सकेका थिएन्न, भन्दै अध्यक्ष सिंहले आरोप लगाए । उहाँले पटक पटक विवादमा पर्दै आएका पाललाई हाजिर गराउदा अगामी दिनमा गाउँपालिकाकै नाम बदनाम गर्न सकिने भएकोले हाजिर नगराएको बताए ।
      त्यति मात्र नभई शुक्रवार देवताल गाउँपालिकामा हाजिर हुन आएका प्रशासकीय अधिकृत वकिल पालले फर्जी कागजात खडा गरी सम्बन्धीत कार्यालयहरुलाई झुक्याउने काम समेत गरेका छन ।

      देवताल गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्दै आएका सिकेन्द्र प्रसाद साह अनुपस्थित रहेको समयमा फर्जी लेटर प्याड तयार गरी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाण्डौका साथ साथै दर्जनौ कार्यालयलाई झुक्याउने काम गरेको बारे प्रमाणित समेत भएको छ । उक्त लेटर प्याडमा २५ गतेको समय तोकिएपनि छापको प्रयोग नै नगराई हैकमवादी तरिकाले आफ्नो पदको दुरुपयोग गर्दै फर्जी लेटर प्याडको अधारमा सम्बन्धीत कार्यालयहरुमा आफु हाजिर भएको बारे जानकारी गराएका छन ।

      देवताल गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहले पटक पटक विवादमा पर्दै आएका पालको गाउँपालिकामा कुनै पनि सर्तमा हाजिर गराउन नसक्ने बताएका छन । उहाँले हाजिर हुदा सबै भन्दा पहिला आफुलाई जानकारी गराउनु पर्ने थियो तर शुक्रवारको दिन फर्जी कागजातको सहयोग लिएर गरेको कार्य सराहनीय नरहेको भन्दै कुनै सर्तमा पाललाई हाजिर गराउन नसक्ने बताउनु भएको छ ।

      यता प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन पुगेका वकिल पाल संग फर्जी कागजातको बिषयमा पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेन्न । यस्ता गैर कानूनी तरिकाले हाजिर भएका भनिएका पाल माथि सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

        कमेन्टहरु