मुख्य समाचार

    सशस्त्र प्रहरीद्वारा नवलपरासीमा भन्सारछलि ल्याएको सामान बरामद

    नवलपुर टुडे
    २०७८ चैत्र २६ | मध्यान्ह ०५:१२ बजे

      रामजी प्रजापति
      नवलपरासी, चैत २६ । पश्चिम नवलपरासीको भारत र नेपालको सिमाना खुल्ला रहेको हुनाले दिन प्रतिदिन चोरी निकासी बढेको पाईएको छ। निकासी भैरहेको सशस्त्र टोलीलाई जानकारी आएपछि तुरुन्त टोली एक्टिभ भएर छापा मारेर माल समान कब्जामा लिएको छ।

      भारतबाट भन्सार चोरी गरी ल्याइएका कपडा लुकाएर राखेको सूचना पाएर भन्सार कार्यालयका कर्मचारीसहित गएको हरपुर बेस क्याम्पको शसस्त्र प्रहरीको टोलीले ९ लाख ३१ हजार मूल्य पर्ने कपडा बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नं.२६ गणका सूचना अधिकारी डिसपी माधव रेग्मीले जानकारी दिए।

      पाल्हीनन्दन गाउँपालिकाको मुडेरा गाउँको दुई घरको खाली जग्गामा १५ वटा पोकामा त्रिपालले छोपेर राखेको अवस्थामा कपडा बरामद भएको हो। बरामद भएका कपडामा १८ सय ६२ पिस लेडिज सुट रहेको डिएसपी रेग्मीले जानकारी दिए। बरामद कपडालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ।

      पछिल्लो पटक सीमा नाकाबाट नवलपरासीतर्फ कपडा तस्करी हुन थालेपछि शसस्त्र प्रहरीले गस्ती बढाएको छ। तर कारोबारमा संलग्न व्यक्तिहरुले भने रातको समय र दिउँसै पनि साइकल र मोटरसाइकलबाट एकान्त बाटोको प्रयोग गरी कपडाको तस्करी गर्ने गरेका छन्। त्यसरी चोरी गरी ल्याइएका कपडालाई परासीहुँदै बुटवल, चितवन, पोखरा, काठमाण्डौं लगायतका बजारमा पुर्याउने गरिएको बताइएको छ ।

        कमेन्टहरु