समाचार, समाज

    जिराभवानी गा.पा.का अधिकृत मेहता कमिशनको कारण व्यापक चर्चामा

    नवलपुर टुडे
    २०७८ चैत्र २५ | मध्यान्ह १०:१२ बजे

      रंजित चौरसिया
      वीरगंज २५ चैत । पर्सा जिल्लाको क्षेत्र नम्बर चारमा पर्ने जिराभवानी गाउँपालिकाको कार्यकारी अधिकृत प्राण मेहताले कमिशनको कारण व्यापक चर्चामा आउन थालेका छन् ।

      अधिकृत मेहताले कमिशन बिना कुनै पनि फाईल अगाडि नबढाउने र कार्यालयमा नगई वीरगंजबाटै गोप्य रुपमा सम्पर्क कार्यालय स्थापना गरी कामकार्यवाही गरिरहेकाले सेवाग्रहीहरु पिडित बन्न पुगेका छन् । महिनामा मुस्किलले ५ दिन कार्यालयमा उपस्थित भई बाकी दिन वीरगंजमा नै बस्ने गरेको कार्यालय स्रोतले जनाएको छ । कमिशनको कुरा नमिल्दा मेहता र उनका लेखापाल लक्षमण गौतमको केही समय पहिला दैखि नै मनमुटाव बढेको समाचार स्रोतको भनाई रहेको छ ।

      सो गाउँपालिकामा सामाजिक विकासको कार्यमा ३० प्रतिशत र निर्माण सामग्रीको कार्यमा २० प्रतिशत अनिवार्य कमिशन लिने गरेका अधिकृत मेहताले करारमा राखिएका कर्मचारीहरु संग पनि कमिशन नलिईकन तलब नखुवाउने गरेको कार्यालय स्रोतले जनाएको छ ।कमिशनको दलदलमा फसेका जिराभवानी गाउँपालिकाले अधिकृत मेहताको भ्रष्टाचारका कारण कैयौं कर्मचारीहरु असन्तुष्ट रहेको बताईन्छ । करारमा कार्यरत्त कर्मचारीहरु संग सेवा लिने तर तलब दिने बेलामा कमिशनको माग गर्ने अधिकृत मेहताले छपाई देखि लिएर जिन्सी सम्मको खरिद कार्यमा २० देखि ३० प्रतिशत सम्म कमिशन बुझने गरेको बताईन्छ । हेर्न र बोल्नमा सभ्य देखिने अधिकृत मेहताले कमिशन मागेकै कारण एक जना कर्मचारीले कमिशन नदिदा उनको तलब रोके पछि उनी मेहता विरुद्ध उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा निवेदन दिएका छन् ।

      सो कार्यालयमा करारमा कार्यरत्त कानुनी सल्लाहकार नजमुदिन राउत गदीको पारिश्रमिक तलब २०७७÷१÷८ गतेको बोर्ड बैठकले उपलब्ध गराई दिने निर्णय गरे पनि हालसम्म उनको पाउनु पर्ने तलब कमिशनकै कारण अधिकृत मेहताले उपलब्ध नगराएको कार्यालय स्रोतको भनाई रहेको छ । अधिकृत मेहताको जागीरको सुरुवात करिब चार वर्ष भए पनि उनी करिब दश करोडको सम्पत्ति आर्जन गर्न सफल भएको उनी निकट रहेका आसेपासेहरु बताउन थालेका छन् ।

        कमेन्टहरु