२० देशमा राजदूत सिफारिस: कुन देशमा कसका ज्वाईं र कसका आफन्त ?


काठमाडौँ l सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको कोटाबाट १२ र परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
क्याबिनेटले राजनीतिक दलको कोटाबाट १२ जना र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । राजनीतिक कोटाबाट राजदूत सिफारिस हुनेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी-ज्वाईं कैलाश पोखरेलदेखि जसपाका नेता नवराज सुवेदीसम्म छन् ।
चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् ।
सरकारले दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि वासुदेव मिश्र, रुसका लागि मिलन तुलाधर, मलेसिया डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल, साउदीका लागि नवराज सुवेदी, बङ्गलादेश घनश्याम बन्जाडे, जापानका लागि दुर्गाबहादुर सुवेदी, ब्राजिल निर्मल राज काफ्ले र अस्ट्रियाका लागि भरतकुमार रेग्मी नियुक्त भएका छन् ।
यस्तै सुशील कुमार लम्साल इजिप्ट, कैलाश पोखरेल अस्ट्रेलिया, डिल्लीराज पौडेल कतार, ज्योति प्याकुरेल दक्षिण कोरिया, रामसुरज राय यादव, डेनमार्कको राजदूतमा नियुक्त भएका छन् । डोरनाथ अर्याल, तीर्थराज वाग्ले र हरिशचन्द्र घिमिरेको नाम पनि राजदूतमा अटाएको छ ।





