समाज

    प्रतापपुर गाउँपालिकाद्वारा ६० दिनका सुत्केरीलाई पौष्टिक आहार बितरण

    नवलपुर टुडे
    २०७८ चैत्र २५ | बिहान ०७:१२ बजे

      रबिन्द्र यादव
      नवलपरासी । प्रतापपुर गाउँपालिकाले उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम शुभारम्भ गरेको छ । प्रतापपुर स्वास्थ्य चौकीको सभाहलमा एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।

      वडा नं ८ का वडा अध्यक्ष कादिर अलि अन्सारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अंजु कुमारी प्रमुख अतिथि रहनु भएको थियोे । आमालाई पौस्टिक आहार आवश्यक पर्ने भएकोले यस्तो कार्यक्रमको सुरुवात गरिएको बताउनु भयाे । प्रमुख अतिथि चौधरीले सुत्केरी अवस्थामा सुत्केरी महिलाहरु घरायसी काम सँगै आफ्नो स्वास्थ्य र बच्चाको स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताइन् ।

      आमा र बच्चाको खानेकुरामा ध्यान दिनुपर्ने उहाको भनाइ रहेको थियो । चौधरीले सुत्केरी आमाको सुत्केरी भत्ता सहित चेकजाँच र स्वास्थ्य शाखाबाट उपलब्ध पौष्टिक आहार वहाँहरुको घरमै पुर्याउनु पर्ने बताइन् । उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रममा सुत्केरी ६० दिनको आमालाई मीठो दलिया मिक्स खिचडी, हलुवा, जस्ता पौष्टिक अहार वितरण गरिएको थियो । प्रतापपुर स्वास्थ्य शाखाले एक हजार भन्दा बढि ६० दिनको सुत्केरी आमालाई पौष्टिक आहार वितरण गर्ने जनाएको छ ।

      शुभारम्भ कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहर, प्रतापपुर गाउँपालिका कार्यसमिति सदस्य सहिबुन नेशा, संगिता हरिजन, संगिता धोबी, प्रतापपुर स्वास्थ्य चौकी इन्चार्ज गीता अर्याल, स्वास्थ्य शाखा हेअ विनोद कुमार कोहार लगायतको उपस्थिति थियोे ।

        कमेन्टहरु