गुल्मी महोत्सवको शुक्रवार गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने


इन्द्रजित नेपाली
गुल्मी, चैत २४ । गुल्मी कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चल्ने चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाकोे अबसरमा आयोजित पत्रकार सम्मेलन मार्फत सम्पूर्ण तयारी पुरा भएको महोत्सव प्रचारप्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए ।
महोत्सवको शुक्रवार गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम रहेको भुसालले बताए । महोत्सव हुने चिदीचौर मैदानमा मेला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको छ ।
गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्लास्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको अध्यक्ष पौडेलले बताए ।





