लुम्बिनी प्रदेश, समाज

    ढुङ्गाना प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्तराज ढुङ्गाना

    नवलपुर टुडे
    २०७८ चैत्र २४ | बिहान ०६:१२ बजे

      बुटवल । ढुङ्गाना प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशस्तरिय समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानको चैत १९ गते सम्पन्न अधिबेशनले बसन्तराज ढुङ्गानाको अध्यक्षतामा ९ सदस्यीय प्रदेशस्तरिय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा श्रवणकुमार ढुङ्गाना, सचिवमा अशोक ढुङ्गाना र कोषाध्यक्षमा सरस्वती ढुङ्गाना चयन हुनुभएको छ ।

      त्यस्तै प्रदेश सदस्यहरुमा नवराज ढुंङ्गाना, विनोद ढुङ्गाना, सङ्गिता ढुंगाना, सरिता ढुङ्गाना, खेमबहादुर क्षेत्री ढुङ्गाना त्यस्तै, केन्द्रीय कार्यसमितिको लागि लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष नुबादत्त ढुङ्गाना, (रुपन्देही) केन्द्रीय सदस्य प्रकाश ढुङ्गाना, (पाल्पा) सर्वसम्मत रुपमा चयन गरिएको प्रतिष्ठानले जनाएको छ ।

      प्रदेश अध्यक्ष बसन्तराज ढुङ्गाना, नवलपरासीको नेतृत्वमा गठित ढुङ्गाना प्रतिष्ठान नेपालले लुम्बिनी प्रदेशस्तरिय समितिलाई १२ वटै जिल्लामा बसोवास गरेका पुस्तावलीमा छुटेका ढुङ्गाना बन्धुहरूको पुस्तावली सङ्कलन र लिपिबद्ध गर्ने कार्यलाई अरू बिस्तारीकरण गर्ने काममा लाग्नेछ ।

      साथै दुई तीन बर्षअधि सङ्कलन गरिएको तथ्याङ्क अध्याबधिक गर्ने काम पनि अत्याबश्यक भएकाले अबको समय त्यो कामलाई पनि समाबेश गर्ने अध्यक्ष ढुङ्गानाले बताउनुभयो । कार्यक्रमको सञ्चालन सरस्वती ढुंगानाले गर्नुर्भको थियो ।

        कमेन्टहरु