मुख्य समाचार

    गण्डकी प्रदेशका मन्त्री मनाङेद्वारा कर्मचारी कुटपिट

    नवलपुर टुडे
    २०७८ चैत्र २३ | मध्यान्ह ०५:१२ बजे

      काठमाडौं, चैत २३ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका छन् ।

      मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई उनले मंगलबार कुटपिट गरेको बताइएको छ । ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई जानकारी गराएका छन् ।

      मन्त्री मनाङे र शाखा अधिकृत ओझाबीच खटपट भएपछि मन्त्रीले हात हालेको बताइएको छ ।

        कमेन्टहरु