लुम्बिनी प्रदेश, समाज

    नवलपरासी युवा समाजद्धारा आइतबार जिप्रका अगाडि शान्तिपुर्ण धर्ना आह्वान

    नवलपुर टुडे
    २०७८ चैत्र २३ | मध्यान्ह १२:१२ बजे

      रामजी प्रजापति
      नवलपरासी । पश्चिम नवलपरासीमा नवलपरासी युवासमाजद्वारा शान्तिपूर्ण धर्ना आह्वान गरेको छ । अधिकांश युवाहरु बेरोजगार रहेका छन । युवाहरुकाे समस्या समाधान र राेजगारीकाे सिर्जना स्वदेशमा नै गर्ने उदेश्यले युवाहरु एक जुट भई नवलपरासी युवा समाजद्धारा राेजगारी सिर्जनाकाे लागि जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिने आह्वान गरेको हो ।

      औद्योगिक ऎन २०७६ को धारा ४९ काे बुंदा अनुसार औद्योगिक जनशक्ति परिपुर्तिका लागि नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिए अनुसार नवलपरासी पश्चिम जिल्ला भित्र विभिन्न औद्योगिक कलकारखानाहरुमा नेपाली नागरिक नभएको भन्दै नेपालमा भएको ती बेरोजगार नेपाली युवाहरुलाई औद्योगिक कलकारखानाहरुमा आवश्यक योग्यता अनुसार राेजगारी सिर्जना गर्नुपर्ने उदेश्यले जिल्ला प्रशासन अगाडि अगामि आईतवारदेखि शान्तिपुर्ण धर्ना दिने नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरिले जानकारी दिनुभएको छ ।

      नवलपरासी पश्चिम जिल्ला भित्र रहेका चालीस (४०) भन्दा बढी औद्योगिक कलकारखानाहरुमा छिमेकी देश भारतबाट कामदार बाेलाएर राेजगारी दिएको भन्दै ती कामदारहरुकाे साटो नवलपरासी युवा समाजमा आबद्ध एक हजार भन्दा बढी युवाहरुलाई याेग्यता अनुसार राेजगारी दिलाउने उदेश्यले औद्योगिक कलकारखानाहरुमा आईतवार देखि युवा समाजद्धारा शान्तिपूर्ण धर्ना दिने अध्यक्ष गिरिले जानकारी दिए ।

      जिल्ला भित्रका सबै बेरोज़गार युवाहरु लगायत बुद्धिजीवी बर्ग, शिक्षक बर्ग, किसान, विद्यार्थीहरु, मिडियाकर्मी, कर्मचारी साथीहरु तथा नवलपरासी युवा समाजकाे अगुवाइमा नवलपरासी ज़िल्ला प्रशासनको अगाड़ी शान्तिपूर्ण धर्ना प्रदर्शन गर्ने बताइएकाे छ ।

        कमेन्टहरु