मुख्य समाचार

    एआइजी बढुवाबिरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    नवलपुर टुडे
    २०७८ चैत्र २२ | मध्यान्ह ०६:१२ बजे

      काठमाडौँ, चैत २२ । नेपाल प्रहरीको तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

      न्यायाधीश कुमार चुडालको एकल इजलासले तीनजना डीआइजीहरुले दर्ता गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले प्रतिवादीहरूलाई कारण देखाऊ आदेशसहित अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई चैत २८ गते बोलाएको छ ।

      डीआइजीहरू ईश्वरबाबु कार्कीले चैत १७ गते र घनश्याम अर्याल तथा प्रकाशजङ्ग कार्कीले चैत २० गते एआइजीको बढुवा सिफारिस अगाडि नबढाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

        कमेन्टहरु