मुख्य समाचार

    थुनछेक बहसका लागि अभिनेता पल शाहलाई नवलपुरमा ल्याईयो

    नवलपुर टुडे
    २०७८ चैत्र २२ | मध्यान्ह ०२:१२ बजे

      कावासोती । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर ल्याइएको छ।

      तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर पठाएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए। आज बिहान कारागारको टोलीले उनलाई नवलपुर ल्याईएको हो। नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि तनहुँ कारागारले पठाएको बताए ।

      ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरी उनलाई तनहुँ कारागार पठाउने छ । नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरेको छ । उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ। आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ।’

      क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन। ‘गोला थुतेर कसको इजालसमा पर्छ। त्यसपछि इजालस अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने। ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए।

      जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो। जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन्।

      उच्च अदालतले निवेदन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ। सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरको गैंडाकोटमा पनि उजुरी परेको थियो।

        कमेन्टहरु