देश

    मेराे प्रेम ” My Love”

    जगत ठाडा मगर
    २०७७ माघ ५ | मध्यान्ह ०३:१० बजे

      ???? मरो प्रेम????
      मेरो प्रेमको सच्चाई पुर्ण आखामा !
      प्रेमको न रुप छ न आकार !
      न कुनै बर्ग छ न लिंग !
      न कुनै धर्म छ न वर्ण !

      न कोहि सानो छ न ठूलो!
      न कोहि आफ्नो छ न पराई!
      मेरो प्रेमको न कुनै सिमाना छ न दुरी!
      न सुरुवात छ न अन्त्य !

      मेरो प्रेम त सधै सबैको निम्ति असीमित छ!
      प्रेमको संकीर्ण सिमित अपरिपक्व परिभाषा दिदै काल्पनिक प्रेम जोडि हरु!
      मुना मदन रोमियो जुलिएटको उदाहरण नदेउ मलाई!

      मेरो बुझाई मा प्रेम त त्याग र प्राप्तीको अर्को नाम हो!
      प्रेम ले बुद्धलाई जन्माउछ!
      घृणा ले युद्ध लाई जन्माउछ!
      सब ले भन्छन प्रेम अनि युद्धमा सब कुरा हुन्छ जाईज!
      मो भन्छु प्रेम गर्न सबलाई छुट छ
      तर युद्ध कसैको निम्ति पनि हुन्न है जाईज!

      मो तेस्तो ब्यक्ती र समाज लाई सधैं घृणा गर्छु
      मेरो शत्रु समाजका हिंसा,बिकृती,बिखण्डन
      बिभेद हो!
      न कुनै ब्यक्ती वर्ग वर्ण न त धर्म
      मो चाहान्छु मनव भित्रको मानवता समाप्त नहोस!

      हो मो त्यस्तो प्रेम गर्छु !
      जस्ले संसारमा फेरि युद्ध ननिम्तियोस
      प्रेमको खडेरीमा कसैको आँसु नबर्सियोस

      सक्छौ भने मैले जस्तै निश्वार्थ निसर्त
      पबित्र प्रेम गरेर देखाउ!
      जुन प्रेम म तिमिलाई गर्छु !
      जुन प्रेम म संसारलाई गर्छु!
      त्यो प्रेम जस्को कुनै अन्त्य छैन!

      लेखक:Gyalzen Dorje Tamang
      हाल:नख्खु कारागार काठमाडौ

        कमेन्टहरु