नवलपरासीका समाजिक अभियन्ता धर्मेन्द्र गिरी


बिनोद मण्डल
नवलपरासी । समाजका विकृति र विसंगतिले पराकाष्टा नाघ्न थालेपछि समाजमा स्वच्छ छविका व्यक्तिहरू जुर्मुराएर उठ्ने गर्दछ । समाजमा लागूऔषध सेवन, महिला हिंसा, बलात्कार लगायत समाजलाई रोगी बनाउँदै कुरुप्तातिर लगिरहेको अवस्थामा समाजमा शान्ति स्थापनाको लागि अभियन्ताहरुको जन्म हुने गर्दछ ।
लुम्बिनी प्रदेश अन्तर्गतको पक्षिम्म नवलपरासीमा युवा अभियन्ता धर्मेन्द्र गिरी अहिले सामाजिक विकृति विरुद्ध उर्लिएका एक निडर स्पष्ट वक्ता अनि जुझारु युवा नेतृत्व मानिन्छन् । जिल्लामा लागूऔषध सेवन नियन्त्रण गर्नको लागि सचेतना कार्यक्रम, माक्स वितरण कार्यक्रम, स्थानिय किसानको समस्या उठाउने अनि हरेक सामाजिक समस्याको विरुद्धमा डटेर सामना गर्नु आजभोलि चुनौती रहेको अवस्थामा उनी नवलपरासीमा युवा समुह बनाएर सामाजिक सेवामा लागिरहेका एक असल चरित्र भएका व्यक्तित्व मानिन्छन् ।
सानैदेखि स्पष्ट वक्ता, मृदुभाषी निडर र बौद्धिक छवि भएका गिरीको काम गराई शैलीको कारण उनी अहिले चर्चाका पात्र बनेका छन् । राजनीतिक देखि टाढा भएर जिल्लाका हरेक समस्याको समाधानतर्फ लागिपरेका गिरीले स्थानीय जनताको समस्यालाई बोकेर समाधानका उपायहरु खोजिरहेका छन् ।
कानून र ऐनको विज्ञ मानिएका गिरीले समाजलाई कानुनी दायरामा रहेर आफ्ना अभियानहरू अगाडि बढाइरहेका छन् । विगतमा उनको नेतृत्वमा बढाइएको किसान आन्दोलनको चौतर्फी जिल्लामा चर्चामा भइरहेको अवस्था रहेको पाइन्छ । बाढी पीडितलाई गरेको सहयोग अनि कोरोना संक्रमणको अवस्थामा उनले जिल्लामा गरेको योगदान अविस्मरणीय रहेको छ ।
धर्मेन्द्र गिरी एउटा उदाउँदो ताराको रूपमा मूल्यांकन भइरहेको अवस्थामा उनीप्रति स्थानिय जनताले स्थानिय चुनावलाई मध्यनजर गर्दै आफ्ना प्रतिनिधि बनाउन समेत चोक चोकमा चर्चा गर्न थालेको अवस्थाको सिर्जना भएको पाइन्छ ।





