गुल्मीका उद्योगी व्यवसायीहरुसँग तम्घासमा सुझाव तथा समस्याहरु संकलन


इन्द्रजित नेपाली
गुल्मी । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयद्धारा गुल्मीका उद्योगी व्यवसायीहरुसँग तम्घासमा शुझाव तथा समस्याहरु संकलन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा बनाउने निती तथा बजेट कार्यक्रममा उद्यमीहरुका समस्या राख्ने उदेश्यले जिल्लाका उद्योगी व्यवसायीहरुका समस्या र सुझाव लिइएको हो । अनुदान दिने कार्यक्रममा पहुँचको आधारमा वितरण गरिएको र वास्तविक अनुदान पाउने कृषकले नपाएको जस्ता समस्या राखेका थिए ।
गुल्मी जिल्लाका उद्यमी व्यवसायीहरुले निति नियम प्रष्ट नहुनु,क्रसर उद्योग संचालनमा समस्या, पर्यटन पुर्वाधारमा कसैको चासो नजानु, महिला उद्यमीले सहज रुपमा कर्जा नपाएको समस्या रोखेका थिए ।
लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव हेमराज सुबेदीले कुनै पनि व्यवसाय संचालन गर्नुभन्दा पहिले राम्रोसँग त्यसबारे बुझनुपर्ने बताए। उद्यमीहरुका समस्या समधान गर्नको लागि प्रदेश सरकारले निती तथा कार्यक्रममा यस्ता समस्याको समधान तर्फ लाग्ने बताए । व्यवसाय संचालन गर्दा एउटाले संचालन गरेको व्यवसाय आर्कोले संचालन गर्दा प्राय घाटा हुने गरेको उनको भनाई छ ।
लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्रदेश सबै जिल्ला जिल्लामा पुगेर उद्योगी व्यवसायीहरुका समस्या र सुझाव संकलन गरेको मन्त्रालयका महाशाखा प्रमुख गौतम भण्डारीले बताए ।घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले कार्यालयले उद्योगी व्यवसायीहरुको लागि गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।





