देश

    बसको ठक्करबाट महिलाको मृत्यु, स्थानीय आन्दोलित

    नवलपुर टुडे
    २०७८ चैत्र २१ | मध्यान्ह १२:१२ बजे

      महेन्द्रनगर । महेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ स्थीत शान्ति निकेतन चोकमा बसले ठक्कर दिँदा साइकल यात्री मन्जु बुडालको घटनास्थलमै ज्यान गएको हो ।

      मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिंह बुडालकी पत्नी हुन् । बाटो पार गर्न लागेकी बुडाललाई ना ४ ख ४४६६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले सडकमा टायर बालेर प्रर्दशन गरिरेहका छन् ।

        कमेन्टहरु