नवलपरासीमा सुरक्षा निकायका प्रमुखहरुद्वारा सिमा क्षेत्रको अनुगमन


रामजी प्रजापति
नवलपरासी चैत २१। अगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीमा भारतसँग सीमा जोडिएको क्षेत्र र त्यसको आसपासका मतदान स्थलको अनुगमन गरिएको छ ।
निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीका सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रको अनुगमन गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताए । पोख्रेलका अनुसार सशस्त्र प्रहरी बलका प्रमुख रुप कुमार केसी, नेपाली सेना प्रमुख ज्ञानुराजा श्रेष्ठ, नेपाल प्रहरी प्रमुख ऋषीराम कंणेल लगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो ।
पश्चिम नवलपरासीमा २ सय ८३ वटा मतदान केन्द्र र १ सय २१ वटा मतदान स्थलहरु रहेका छन् । ति मध्ये सीमा क्षेत्रमा रहेका् ५ वटा मतदान स्थलहरुको पनि अनुगमन भएको गरिएको छ ।
पश्चिम नवलपरासी र भारत उतर प्रदेश संग अन्तर्राष्ट्रिय सिमाना जोडीएको सिमा दश गजामा १६ वटा स्तम्भहरु रहेको छन् । टोलीले ५०८ र ५०९ नम्बर स्तम्भहरु अनुगमन गरेको हो ।





