देश

    पाल्पाबाट झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा युवक पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र २० | मध्यान्ह ०५:१२ बजे

      पाल्पा, चैत २० । झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा पाल्पाबाट एक युवक पक्राउ परेका छन् । आइतबार बाग्लुङको गल्कोट नगरपालिका–८ काँडेवासका २३ वर्षीय मानबहादुर कँडेल पक्राउ परेका हुन् ।

      कँडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट झुटो विवरण पेश गरी नागरिकता निकालेका थिए । उनले आफु पाल्पा रामपुर नगरपालिका–१४ का पिताम्बर अधिकारीको छोरा विजय अधिकारी हुँ भन्दै विवरण पेश गरि नागरिकता निकालेका थिए । विवरण पेस गर्ने क्रममा उनले वडा नम्बर १४ को सट्टा १० लेखेका थिए ।

      उक्त कुरा पिताम्बरका भाइ कृष्णप्रसाद अधिकारीले थाहा पाएलगत्तै जाहेरी दिएका थिए । कृष्णप्रसादको जाहेरीपश्चात् कँडेललाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातिले जानकारी दिए ।

        कमेन्टहरु