डिप्लोमा ईन सिभिल ईन्जिनियरङ्गकाे स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न


चितवन, चैत २० । चितवनस्थित विश्वप्रकास माध्यमिक विद्यालयमा डिप्लोमा ईन सिभिल ईन्जिनियरङ्गकाे स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । चितवनस्थित अतिथि पार्टी प्यालेशमा अरविन्द यादवकाे अध्यक्षता तथा भरतपुर महानगरपालिका – १५ का वडा अध्यक्ष श्री सम्भु भण्डारीको प्रमुख आतिथ्यमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको हाे ।

सेमेष्टर दुई र चारकाे तथा विद्यालय परिवारको आयाेजनामा सम्पन्न भएको विदाई तथा स्वागत कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भण्डारीले विद्यार्थीहरुकाे प्रगति तथा उज्ज्वल भविष्यकाे कामना गर्नुभएको थियो । साथै उहाँले विद्यार्थीहरुलाई विद्यालयले सधै सम्झिराख्ने र दुख सुखमा साथ सहयोग गर्ने बताए । स्वागत तथा विदाई कार्यक्रममा विद्यार्थीहरुले अनुशासनमा रहि अध्यन पूरा गरेको र अध्यनरत विद्यार्थीहरुले समेत अनुशासनमा रहि पढाइ पूरा गर्ने विश्वासका साथ सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजयराज भुसाल, विद्यालय प्र.अ जयकृष्ण शर्मा, हरिकुमार स्मरक कलेजका कलेज प्रमुख नवीन न्यौपाने, सहायक प्र.अ हरि ढकाल, सिटिईभिटी कार्यक्रम संयोजक ई.श्याम कृष्ण घिमिरे, माध्यामिक तह संयोजक पशुपति पौडेल, शिक्षक विश्वराज अधिकारी, मिलन पाैडेल, रवि खरेल, निरज लामिछाने, नवीन भण्डारी, कर्मचारी अर्जुन कुमार श्रेष्ठ, देबेन्द्र पौडेल सावित्री अधिकारी लगायतका अतिथिहरुकाे सहभागीता रहेको थियो ।





