मुख्य समाचार

    प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै साँझ स्वदेश फर्किने

    नवलपुर टुडे
    २०७८ चैत्र २० | बिहान ०७:१२ बजे

      काठमाडौं, चैत २० । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान भारतको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् ।

      देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने/ल्याउने व्यवस्था मिलाएको छ ।

      देउवा भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ ६:१० बजे काठमाडौं फर्कनेछन् । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

        कमेन्टहरु